सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

काठमाडौं : साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ सय रूपैयाँले बढेको हो।

आइतबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, चाँदीको मूल्य भने घटेको छ। आइतबार तोलामा १ हजार ८ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले घटेर १ हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

साउन ६, २०८१ सोमबार ११:३१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।