रोहित शर्मा र विराट कोहलीको क्रिकेटको भविष्यबारे बोले गौतम गम्भीर

रोहित शर्मा र विराट कोहलीको क्रिकेटको भविष्यबारे बोले गौतम गम्भीर

एजेन्सी : भारतीय पुरुष क्रिकेट टोलीका नयाँ प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा र विराट कोहलीको भविष्यबारे टिप्पणी गरेका छन्।

श्रीलंका भ्रमणअघिको पत्रकार सम्मेलनमा गम्भीरले उनीहरूको भविष्यबारे टिप्पणी गरेका हुन्।

उनले भने, ‘उनीहरूले टिमका लागि के दिन सक्छन् भनेर टी-२० विश्वकप र ५० ओभरको विश्वकपमा देखाइसकेका छन्। च्याम्पियन्स ट्रफी र अष्ट्रेलिया भ्रमणका लागि उनीहरूले अझ राम्रो गर्न सक्छन्।’

गम्भीरले कोहली र शर्मा दुवैले सन् २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्ने बताएका छन्।

‘उनीहरू एकदमै मोटिभेटेड छन्। उनीहरूले २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्छन्। यो उनीहरूको व्यक्तिगत निर्णय हो। उहाँहरूले कति डेलिभर गर्न सक्नुहुन्छ त्यो उहाँहरूमा निर्भर रहन्छ।’

विराट र रोहित विश्वस्तरको खेलाडी भएको बताउँदै उनले उनीहरूलाई जुनसुकै टिमले लामो समयसम्म टिममा राख्न चाहने उनको भनाइ छ।

साउन ६, २०८१ सोमबार ११:२७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।