परराष्ट्र सचिव लम्साल चीन जाँदै

परराष्ट्र सचिव लम्साल चीन जाँदै

काठमाडौं : परराष्ट्र सचिव सेवा लम्साल आज चीन जाने भएकी छन्।

पाँचौं चीन-दक्षिण एसिया फोरममा भाग लिन सचिव लम्साल आज चीनको कुनमिङ्ग जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

लम्सालले उक्त फोरममा आफ्नो मन्तव्य दिने छिन्। फोरमको साइडलाइनमा उनले उच्चस्तरीय भेटवार्ता समेत गर्ने मन्त्रालयले जनाएको छ।

सचिव लम्साल साउन १२ गते स्वदेश फर्किने छिन्।

साउन ६, २०८१ सोमबार ०९:०९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।