पूर्व राज्यमन्त्री रायको सर्लाहीस्थित आफ्नै निवासमा हत्या

पूर्व राज्यमन्त्री रायको सर्लाहीस्थित आफ्नै निवासमा हत्या

काठमाडौं : पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।

चन्द्रनगर गाउँपालिका-१ स्थित आफ्नै निवासमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

धारिलो हतियार प्रयोग गरी हत्या गरिएको खबर राति १ बजे प्रहरीलाई प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले उकेरालाई जानकारी दिए।

घटनापछि जिल्लाबाट एसपीको नेतृत्वको र मधेश प्रदेशबाट डिआईजी नेतृत्वको टोली घटनास्थलमा खटिएका छन्। डीएसपी श्रेष्ठका अनुसार घटनास्थलमा अहिले कुकर समेत परिचालन गरेर अनुसन्धान भइरहेको छ।

हत्या के कसरी भयो भन्नेबारेमा अहिलेसम्म केही खुलिसकेको छैन। अनुसन्धान भइरहेकाले थप तथ्य खुल्दै जाने श्रेष्ठले बताए।

८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए।

साउन ६, २०८१ सोमबार ०८:४४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।