ओलीले पाए विश्वासको मत

ओलीले पाए विश्वासको मत

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट दुई तिहाइ मत पाएका छन्।

विश्वासको मत लिने प्रयोजनका लागि आइतबार राखेको  प्रतिनिधिसभा बैठकबाट उनले १८८ मत पाएका हुन्।

प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदले मत दिए।

उनको विपक्षमा ७४ मत परेको छ। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा आज २६३ सांसद उपस्थित थिए।

साउन ६, २०८१ सोमबार ००:१५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।