रवि लामिछानेले संसद्मा भने ‘काण्डमा छानबिन भइरहेकाहरू सरकारमा छन् कसरी विश्वास गर्नु’

रवि लामिछानेले संसद्मा भने ‘काण्डमा छानबिन भइरहेकाहरू सरकारमा छन् कसरी विश्वास गर्नु’

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारमा बाल मन्दिरको जग्गा अपचलनदेखि नक्कली शरणार्थी र स्काउटको जग्गा दुरुपयोगमा अनुसन्धानको दायरामा रहेकाहरू सहभागी भएकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताए।

प्रधानमन्त्रीमा विश्वासको मत दिन केपी ओलीले राखेको प्रस्तावमा प्रतिनिधि सभामा जारी छलफलमा उनले आफ्नो कार्यकालमा विभिन्न काण्डहरूमा अनुसन्धानको दायरामा रहेकाहरूलाई वर्तमान सरकारले पुरस्कृत गर्दै मन्त्री बनाएकाले विश्वासको मत दिन नसक्ने बताए।

नक्कली शरणार्थीको दोस्रो चरणको अनुसन्धानको दायरामा रहेकी आरजु राणा परराष्ट्रमन्त्री, बाल मन्दिरको जग्गा अनधिकृत रूपमा व्यापारीलाई दिएकोबारे अनुसन्धानको दायरामा रहेको रिता सिंहको भाइ प्रकाशमान सिंह उपप्रधानसहित सहरी विकास र स्काउटको जग्गाको दुरुपयोग र भाडा नतिरेको कम्पनीका प्रमुख दीपक खड्का उर्जामन्त्री भएका छन्।

साउन ५, २०८१ आइतबार १५:५५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।