दोलखा भीमेश्वर मन्दिरको पसिना पुछेको कपास राष्ट्रपतिलाई

दोलखा भीमेश्वर मन्दिरको पसिना पुछेको कपास राष्ट्रपतिलाई

काठमाडौँ : महाप्रसादको रूपमा लिइने दोलखा भीमेश्वर मन्दिरको पसिना पुछेको प्रसाद मन्दिर व्यवस्थापन समितिले राष्ट्रपति रामचन्द्र पौडेललाई दिएका छन्।

दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई महाप्रसाद प्रदान गरेका हुन्। 

भीमेश्वर मन्दिरको मूर्तिमा पसिना आएपछि पसिना पुछेको कपास महाप्रसादका रूपमा राष्ट्रप्रमुखलाई बुझाउने प्रचलन छ।

राष्ट्र प्रमुखलाई महाप्रसाद बुझाएपछि साइत जुराएर विधिपूर्वक क्षमापूजा गरिने प्रचलन समेत छ। शनिवार दिउँसो भीमसेनको मूर्तिको बायाँ भागमा पसिना आएको बताइएको छ।

साउन ५, २०८१ आइतबार १५:४८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।