नेप्से २५ सय नजिक, एकै दिनको कारोबार १५ अर्ब बढी

नेप्से २५ सय नजिक, एकै दिनको कारोबार १५ अर्ब बढी

काठमाडौँ : साताको पहिलो कारोबारको दिन आइतबार नेप्से ६१.६१ अङ्कले बढेको २५ सय नजिक पुगेको छ। आइतबार नेप्से परिसूचक ६१ दशमलव ६१ अङ्कले बढेर २ हजार ४ सय ८५ दशमलव ९४ विन्दुमा पुगेको छ।

आइतबार ३ सय १५ कम्पनीका १ लाख ७७ हजार ४ सय ६७ पटकको कारोबारमा ४ करोड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ। जसमा कारोबार रकम १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९० रुपैयाँ रहेको छ।

आइतबार कारोबारमा आएका ३ सय १५ कम्पनीमध्ये १ सय ८१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ वटा कम्पनीको मूल्य घटेको छ।  बढ्नेमा युनाइटेड मोदी हाइड्रो र समता घरेलु लघुवित्त अगाडि छन्।

कारोबारका आधारमा सोल्टी होटेल अगाडि छ। यो कम्पनीको ३४ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ३० करोडको सेयर कारोबार भएको छ।

साउन ५, २०८१ आइतबार १५:४१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।