स्थिर सरकारका लागि पहिलो र दोस्रो ठुला दल मिल्यौ : देउवा

स्थिर सरकारका लागि पहिलो र दोस्रो ठुला दल मिल्यौ : देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्थिरताका लागि संसद्को पहिलो र दोस्रो ठुला दल मिलेर सरकार गठन गरेको बताए।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले, देश विकासको लागि सबैभन्दा पहिला स्थिर  र मजबुत सरकार निर्माण गर्नु जरुरी रहेको भन्दै स्थिर सरकारका लागि संसद्को पहिलो र दोस्रो ठुला दल मिली सरकार गठन गरेको बताए।

‘प्रगति हासिल गर्नाका साथै निराशालाई आशामा बदल्ने प्रयासमा हुनेछौँ। सरकारले जनतामा आशा र भरोसा जागृत गर्नेछ भन्ने मैले विश्वास लिएको छु’ उनले भने।

देश विकासको लागि सबैभन्दा पहिला स्थिर  र मजबुत सरकार निर्माण गर्नु जरुरी रहेको भन्दै उनले आजको संसद्को संरचनालाई हेर्दा स्थिर सरकारका लागि संसद्को पहिलो र दोस्रो ठुला दलमिली सरकार गठन भएको बताए।

देउवाले वर्तमान सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउने दाबी गरे। उनले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ अग्रसर गराउन आवश्यक रहेको भन्दै संविधानका सबल तथा दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास भएको बताए।

उनले भने,‘वर्तमान सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउनेछ, मुलुकमा दिगो शान्ति कायम गर्दै गतिशील अर्थतन्त्रका माध्यमबाट देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्नेछ। यसबाट राजश्व थप वृद्धि भई जनचाहना अनुसारका विकास निर्माणका काम गर्न पनि सकिनेछ।’

साउन ५, २०८१ आइतबार १५:२३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।