कांग्रेसीहरू पढ्दै पढ्दैनन् भन्ने भाष्यलाई चिर्न पनि अब पढ्नुपर्छ : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले राष्ट्र निर्माणका लागि दिएको योगदान अविस्मरणीय रहेको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय पुस्तकालयको उद्घाटन गर्दै सभापति देउवाले वीपीले नेपाली साहित्य, राजनीति र मनोवैज्ञानिक क्षेत्रमा ठुलो योगदान दिएको बताए।
उनले भने, ‘उहाँको ४२औं स्मृति दिवसको अवसरमा लाइब्रेरीको सुरूवात गर्न पाउँदा खुसी लागेको छ। वीपी कोइराला हरेक विषयका एक योद्धा नै हुनुहुन्थ्यो। वीपीका बारेमा मैले भन्ने गरेको छु–उहाँ हरेक चिज र सबै ठाउँमा छ। साहित्यकार, वैज्ञानिक, मनोवैज्ञानिकलगायत सबै कुरामा उहाँको योगदान रहेको छ।’
पुस्तकालय शुभारम्भ भएसँगै अध्ययन गर्ने बानी बसाल्नुपर्ने भन्दै उनले कांग्रेसीहरू पढ्दैनन् भन्ने भाष्य चिर्न आवश्यक रहेको बताए।
उनले भने, ‘एउटा भन्ने चलन छ, कांग्रेसले पढ्दै पढ्दैन भनेर। अब लाइब्रेरी भएपछि अवश्य नै पढ्नुहुनेछ भन्ने लाग्छ मलाई।’
साउन ६, २०८१ आइतबार १३:१५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।