ललितपुरमा १०६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा

ललितपुरमा १०६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा

काठमाडौं : ललितपुर महानगरपालिकाले एक सय ६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा ल्याइएको छ। 

महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले एक सय ६ वर्ष पुरानो  डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो।

ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्षदेखि यसको पार्ट्स नपाएको कारणले यो दमकल थन्काएर राखेको अवस्था रहेकोमा अमेरिकाबाट पार्टहरू मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिए। 

उनले भने, ‘विगत ४२ वर्षदेखि यसको पार्ट्स नपाएको कारणले दमकल चलेको थिएन। रोक्की राखेको थियो। ७३–७४ सालमा दमकल लिलामीमा राखियो। त्यो सूचना पाउन साथ झिक्यौं। अमेरिकामा यसको पार्टस् भेटियो र अहिले सञ्चालनमा ल्याइएको छ।’

उनका अनुसार दमकलको चक्काहरू कहिले पनि पञ्चर नहुने र सिसाहरू पनि नफुट्ने किसिमका छन्। 

उनले उक्त दमकल छिटो आगो निभाउन सक्ने क्षमता भएको दमकल भएको पनि बताए। 

साउन ५, २०८१ आइतबार १२:४६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।