कांग्रेस केन्द्रीय कार्यालयमा पुस्तकालयको उद्घाटन (तस्बिरहरू)

कांग्रेस केन्द्रीय कार्यालयमा पुस्तकालयको उद्घाटन (तस्बिरहरू)
तस्बिर : कृष्पा श्रेष्ठ/उकेरा

काठमाडौं : नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा केन्द्रीय कार्यालय पुस्तकालयको  शुभारम्भ गरिएको छ। केन्द्रीय पुस्तकालयको एक समारोहकाबीच पार्टी सभापति शेर बहादुर देउवाले पुस्तकालयको उद्घाटन गरे। 

नेपाली साहित्यमा समेत उच्च योगदान दिएका कोइरालाका विभिन्न पुस्तकहहरु र कृतिहरु पुस्तकालयमा राखिएका छन्। उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित छन्। दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ।

 

यो पुस्तकालयमा जोकोही गएर अध्ययन गर्न सक्नेछन्। पुस्तकालय र स्रोत केन्द्रले कांग्रेसको मुख्यालयलाई चलायमान गराउने पार्टीले उद्देश्य राखेको छ।

साउन ५, २०८१ आइतबार ११:४४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।