घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं : साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १३ सय रूपैयाँले घटेको हो।  

शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १३ सय रूपैयाँले घटेर १ लाख ४६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५ सय रूपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ। 

आज चाँदीको मूल्य पनि घटेको छ। 

शुक्रबार तोलामा १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले घटेर १ हजार ८ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

साउन ५, २०८१ आइतबार ११:०३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।