रियलमी नार्जो ७० प्रो ५जी र रियलमी १२एक्स जी नेपालमा सार्वजनिक, कति पर्छ मूल्य?

रियलमी नार्जो ७० प्रो ५जी र रियलमी १२एक्स जी नेपालमा सार्वजनिक, कति पर्छ मूल्य?

काठमाडौं :रियलमीका दुई स्मार्टफोन रियलमी नार्जो ७०प्रो ५जी र रियलमी १२एक्स५जी सार्वजनिक भएका छन्। यसमा एयर जेस्चर कन्ट्रोल, सोनी आईएमएक्स ८९० क्यामेरा ट्रु फ्ल्यागशिप नाइट फोटोग्राफी चिपसेट र भिसि कुलिङ सिस्टम रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार रियलमी नार्जो ७० प्रो ५जीको आधिकारिक सोनी आईएमएक्स ८९० ओआईएस क्यामेराले यो फोनलाई अरू फोन भन्दा फरक बनाउँछ। मास्टरसट एल्गोरिदमले टेलिफोटो क्षमताहरू बढाउँछ, प्रयोगकर्ताहरूलाई प्राकृतिक बाहेक इफेक्टको साथ उत्कृष्ट पोट्रेटहरू खिच्न सक्षम बनाउँछ, वस्तुलाई सार्प राख्दै पृष्ठभूमिलाई सुन्दर रूपमा धमिलो पार्छ।

यो फोनमा १२० हर्जको अल्ट्रा स्मूथ एमोल्ड डिस्प्लेको साथमा २००० निटस् लोकल पिक ब्राइटनेसले जिवन्त दृश्य प्रदान गर्दछ। डिस्प्लेको उच्च रिफ्रेस दरले प्रत्येक अन्तक्रिर्यालाई रमाइलो बनाउँदै अल्ट्रा–स्मूद स्क्रोलिङ र प्रतिक्रिया प्रदान गर्दछ।

त्यस्तै, डाइमेन्सीटी ७०५० ५जी चिपसेटद्वारा संचालित रियलमी नार्जो ७० प्रो ५जी ले उत्कृष्ट प्रफर्मेन्स दिन्छ। 

५००० एमएएचको शक्तिशाली ब्याट्री र ६७ वाटको सुपरभोक चार्जको साथमा रियलमी नार्जो ७० प्रो ५जी ले लामो समयसम्म चल्ने र द्रुत रिचार्जिङको ग्यारेन्टी दिन्छ। यसले थोरै समय चार्ज गरेर धेरै समयसम्म डिजिटल संसारसँग जोडिन मद्दत गर्ने कम्पनीको दाबी छ। 

ग्लास ग्रिन तथा ग्लास गोल्डमा उपलब्ध होराईजन ग्लास डिजाईनले रियलमी नार्जो ७० प्रो ५जी लाई अझ बढि आकर्षक बनाउँछ। मनमोहक डिजाइन, टचलेस कन्ट्रोल र एयर जेस्चर जस्ता उन्नत सुविधाहरू यस स्मार्टफोनमा उपलब्ध छ।

रियलमी १२एक्स५जीमा भएको ५० एमपीको कलर एआई क्यामेराले सिनेमेटिक पोट्रेट फोटोग्राफी खिच्न सहज बनाउछ। यो फोनको पछाडि लागेको २ एमपीको क्यामेराले एकदमै राम्रो र सफा फोटोहरु खिच्छ। सेल्फीका लागि, यो फोनले फोटो, भिडियो, पानो, पोट्रेट, नाइट, र टाइम–लेप्स जस्ता विभिन्न फोटोग्राफीको ८ एमपी इन–डिस्प्ले सेल्फी क्यामेरा प्रदान गर्ने बताइएको छ। 

रियलमी १२एक्स५जीम ६.७२ ईन्चको १२० हर्ज एफएचडी+ डिस्प्ले छ जसले ९५० निटस् सम्मको ब्राईटनेस प्रदान गर्दछ। यसको चुस्त रिफ्रेस रेटले प्रयोगकर्ताहरुलाई सहज स्क्रोलिङ्गको सुविधा दिन्छ। 

यो फोनमा भएको ५००० एमएएचको ब्याट्रीले ४५ वाटको सुपरभोक चार्जिङ्ग प्रणालीमा काम गर्छ जसले गर्दा थोरै समय चार्ज गर्दा पनि लामो समयसम्म चार्ज टिक्छ । यो फोनको खरिदमा एउटा ४५ वाटको चार्जिङ्ग एडप्टर र टाईप सी यूयसबी पोर्ट पाउन सकिने कम्पनीले जनाएको छ। 

७.६९ मिलिमिटरको मोटाई र करिब १८८ ग्रामको तौल भएको रियलमी १२चुस्त ५जी पातलो र एकदमै रुचाइएको डिजाइनमा उपलब्ध छ। यो फोन ट्वाईलाईट पर्पल र वूडल्याण्ड गरी दुई रङ्गहरुमा उपलब्ध छन्। हरेक फोनको खरिदमा ग्राहकहरूले यूएसबी टाईप सी केबल, सिमकार्ड निडल, स्क्रिन प्रोटेक्टर फिल्म, र सुरक्षाको लागि प्रोटेक्टीभ केस पाउन सक्नेछन्। 

मेडियाक डाईमेन्सीटी ६१००+ ५जी चिपसेटद्वारा संचालित रियलमी १२एक्स५जीमा अत्याधुनिक ६एनएम टीएसएमसी प्रोसेसर प्रयोग गरिएको हुन्छ।

रियलमी नार्जो ७० प्रो ५जीको बजार मूल्य ३३,९९९ रूपैयाँ रहेको छ भने रियलमी १२एक्स५जीको मूल्य २४,९९९ रूपैयाँ रहेको छ।  

साउन ५, २०८१ आइतबार १०:४३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।