उपसभामुख विवादबारे रास्वपाले भन्यो- लेनदेनको हिसाब मिलाउन उपसभामुखलाई विवादमा ल्याइयो

उपसभामुख विवादबारे रास्वपाले भन्यो- लेनदेनको हिसाब मिलाउन उपसभामुखलाई विवादमा ल्याइयो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा राना मगरले पदीय मर्यादा विपरीत अमेरिकी दूतावासलाई लेखेको पत्र अहिले अनर्गल प्रचारमा ल्याइनु क्षणिक पदीय हिसाब मिलाउने प्रयास भएको बताएको छ। 

आफ्नो पार्टीबाट निर्वाचित उपसभामुख राना अनधिकृत व्यक्तिहरूलाई अमेरिकाको भिसा लगाएर मानव तस्करीको प्रयास गरेको गम्भीर आरोपमा तानिएपछि रास्वपाले आधिकारिक धारणा सार्वजनिक गर्दै पुरानो पत्रलाई अहिले अनर्गल प्रचार गरेर कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको जनाएको हो।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, संसद् सचिवाललगायत अन्य उच्च पदासिन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचारमा ल्याइनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ।'

रास्वपाले उक्त पत्रबारे पार्टीमा सूचना आएपछि तुरुन्तै सोधखोज गरिएकोमा सिफारिस गरिएका व्यक्ति देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको बताएको छ।

अमेरिकी भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नेदेखिएको रास्वपाको जिकिर छ।  

सम्बन्धित समाचार :

साउन ५, २०८१ आइतबार १०:०७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।