प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ।

बैठकमा प्रधानमन्त्री केपी शर्मालाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल हुने बताइएको छ।

हिजो बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ।

साउन ५, २०८१ आइतबार ०८:१२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।