रोएर हैरान बनायो भन्दै दुई महिने शिशुलाई आमाले विष खुवाइन्, पाँच दिनपछि पक्राउ
ओखलढुंगा : रोइराखेर दिक्क बनाएको भन्दै दुई महिने शिशुलाई विष खुवाएर हत्या गरेको आरोपमा शिशुकी आमा पक्राउ परेकी छिन्।
प्रहरीले सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीप कुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो। प्रारम्भिक बयानमा राईले शिशुलाई विष खुवाई हत्या गरी जङ्गलमा फालेको स्विकारेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।
ओखलढुङ्गामा विष खुवाएर दुई महिने शिशुको हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । बालकको हत्या आरोपमा सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीप कुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीसमक्षको बयानमा आरोपित राईले शिशुलाई विष खुवाई हत्या गरी जङ्गलमा फालेको बयान दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताए।
असार ३१ मा बाघखोरस्थित जङ्गलमा करिब दुई महिनाको शिशुको शव फेला परेको थियो। अनुसन्धानमा शिशु सिद्धिचरण नगरपालिका–४ चार्खुका युवराज राई र दीप कुमारीको छोरा रहेको खुलेपछि दीपकुमारी पक्राउ परेकी थिइन्। उनले बयानमा जन्मेदेखि रोई मात्र राख्ने र दिक्क लगाएकाले हत्या गरेको खुलाएको प्रहरीको दाबी छ।
साउन ४, २०८१ शनिबार २२:३०:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।