अटोलाई जोगाउन खोज्दा जिप दुर्घटना, १० जना घाइते

अटोलाई जोगाउन खोज्दा जिप दुर्घटना, १० जना घाइते
सांकेतिक तस्बिर

दाङ : अटोलाई जोगाउन खोज्दा दाङ बोगटी नजिकै जिप दुर्घटना हुँदा १० जना घाइते भए। दाङको तुलसीपुरबाट सल्यानको कालीमाटी जाँदै गरेको लु १ ज १३८३ नम्बरको जिप दुर्घटनामा परेको हो। 

दुर्घटनामा चालक सल्यान कालीमाटी गाउँपालिका–२ का ४१ वर्षीय खिमबहादुर बोपाल मगर, यात्रु कालीमाटी–३ का १६ वर्षीय किरण बोहरा, सोही ठाउँका १४ वर्षीय विपिन केसी, १० वर्षीया आरती थापा, ३० वर्षीय गणेश केसी, ५० वर्षीया धनसरी खत्री, १५ वर्षीया करिष्मा खत्री घाइते भए। 

कालीमाटी–२ का ५४ वर्षीय हुकुमराज पुन, सोही ठाउँका ४९ वर्षीय भानुभक्त वली र बर्दियाको बासगडी नगरपालिका–४ की ३८ वर्षीया सङ्गीता राणासमेत घाइते भएका छन्।

साउन ४, २०८१ शनिबार २१:४२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।