विराटनगर बाहेक देशभरको विद्युत् अवरुद्ध

विराटनगर बाहेक देशभरको विद्युत् अवरुद्ध

काठमाडौँ : चन्द्रनिगाहापुर नवलपुर खण्डको प्रसारण लाइनमा रुख ढल्दा विराटनगरबाहेक अन्य सबै ठाउँमा विद्युत् अवरुद्ध भएको छ।

शनिवार साँझ एकै पटक देशभरको विद्युत् वितरण प्रणाली अवरुद्ध भएको हो। प्राधिकरणका अनुसार  विराटनगर बाहेक अन्य क्षेत्रको विद्युत् आपूर्तिमा समस्या देखिएको छ। रुख ढलेर ट्रान्समिसन लाइनमा अवरोध आउँदा विद्युत् अवरुद्ध भएको प्राधिकरणको दाबी छ।

साउन ४, २०८१ शनिबार २१:३१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।