बैंकक होटलमा भएको सामूहिक मृत्युको रहस्य : साइनाइड चिया कप र सर्पको विषको औषधी

बैंकक होटलमा भएको सामूहिक मृत्युको रहस्य : साइनाइड चिया कप र सर्पको विषको औषधी

एजेन्सी : जबसम्म प्रहरी अधिकारीहरूले ढोका खोलेनन् तबसम्म बैंककको ग्रान्ड हयात इरावान होटलको पाँचौँ तलामा के भएको थियो भन्ने कुनै सङ्केत थिएन।

कसैले चिच्याएको सुनिएन, मद्दतको लागि फोन गरेका थिएनन्। कोठाभित्र कुनै सङ्घर्षको चिन्ह देखिएन। टेबलमा व्यवस्थित रूपमा राखिएका खाना त्यसै थिए।

५०२ नम्बरको कोठामा केही भयो कि भन्ने शङ्का गर्ने आधार चेक आउटको समय कटाए पनि केही खबर नगर्नु मात्र थियो। जब प्रहरी पुग्यो कोठा भित्र छ वटा शव थिए अनि साइनाइडले भरिएका चिया कपहरू थिए।

कोठामा रहेकाले विषयुक्त चिया पिएका थिए भन्ने बुझ्न धेरै समय लागेन। पीडितहरू को थिए भन्ने पत्ता लगाउन पनि गाह्रो भएन।

ती मध्ये चार थी न्गुयेन फुओंग, ४६, उनका पति होंग फाम थान्ह, ४९, थी न्गुयेन फुओंग लान, ४७, र दिन्ह त्रान फु, ३७ भियतनामका थिए। अन्य दुई शेरिन चोंग, ५६, र डांग हुंग भान, ५५ भियतनामी मूलका अमेरिकी नागरिक।

मृत्युको कारण साइनाइड मिसिएको चिया हो भन्नेमा अन्योल रहेन। यो कसले  गर्यो? यही प्रश्न मात्र बाँकी रह्यो।

अनुसन्धानकर्ताहरूका अनुसार, चोंगले जापानमा अस्पताल निर्माण परियोजनामा लगानी गर्न पति-पत्नी होंग फाम थान्ह र थी न्गुयेन फुओंगबाट १० मिलियन भाट (२ लाख ८० हजार अमेरिकी डलर) ऋण लिएका थिए।

कोठामा राखिएको खाना जुन कसैले छोएको नि देखिएन।निर्माण व्यवसाय सञ्चालन गर्ने दम्पतीले आफ्नो पैसा फिर्ता लिने प्रयास गरेका थिए। तर नमिलेपछि उनीहरू जापानको अदालत जाने तयारीमा थिए।

यो बैठक मुद्दा अदालतमा जानू अगाडिको छलफलका लागि राखिएको जस्तो देखिन्थ्यो। थी न्गुयेन फुओंग लान त्यहाँ थिइन्। चोंगले क्यालिफोर्नियाको ओकल्यान्डमा बस्थिन्। लगानीको सम्बन्धमा दम्पतीसँग मध्यस्थकर्ताको रूपमा उनले काम गरेकी थिइन्।

तर अन्य दुई जना यो विवादमा कसरी जोडिए?

दिन्ह त्रान फु भियतनामका चर्चित मेकअप आर्टिस्ट चोंगको लागि काम गर्दै त्यस भेलामा सहभागी  थिए।

उनका बुबाले बिबिसी भियतनामीसँग उनी आफ्ना नियमित ग्राहकहरूसँग थाइल्यान्ड गएको दाबी गरेका थिए।

होटल सुइटको बैठकमा डांग हुंग भान किन सहभागी भए खुलेको छैन। होटल बुकिङ गर्दा सातौँ नाम पनि थियो। छ जनामध्ये कि बहिनी रहेकी उनी गत साता नै थाइल्यान्डबाट भियतनाम फर्किएकीले  घटनामा उनको संलग्नता नभएको प्रहरीले खुलाइसकेको छ।

होटल सुइटमा के भयो ?

उनीहरू होटलमा छुट्टाछुट्टै आएर चेक इन गरेका थिए।  छ जनाले पाँच वटा कोठा लिएका थिए। उनीहरू  सातौँ तल्लाको चार वटा र पाँचौँ तल्लाको एक कोठामा बसेका थिए।

चोंगले आइतबार कोठा ५०२ मा चेक इन गरिन्। अन्य पाँच जनाले त्यस दिन उनको सुइटमा भेट गरे, तर राती आफ्नो-आफ्नो कोठामा फर्किए।

सोमबार मध्यान्ह अघि, डांग हुंग भानले छ कप चिया अर्डर गरे। दिन्ह त्रान फु, मेकअप कलाकारले आ-आफ्नो कोठाबाट फराई राइस अर्डर गरेर पछि उनीहरूले स्थानीय समय अनुसार २ बजे कोठा ५०२ मा डेलिभरी गर्न अनुरोध गरेका थिए।

२ बजे भन्दा केही मिनेट अघि, चोंगले कोठा ५०२ मा खाना लिइन्। त्यो बेलामा उनी सुइटमा एक्लै थिइन्। प्रहरीका अनुसार उनी धेरै तनावमा देखिएकी थिइन्।

वेटरले दिएको जानकारी अनुसार उनी निकै  बोलिरहेकी थिइन् अनि वेटरले चिया बनाइदिन गरेको अनुरोध समेत मानिनन्।

बाँकी सदस्य कोठामा आउन थाले। दम्पती सुटकेस बोकेरै भित्र गए। २:१७ मा, सबै छ जना ढोकामा देखिएका थिए। त्यसपछि ढोका बन्द भयो। कोठाभित्र कुनै हलचलको सङ्केत देखिएन।

उनीहरूको तालिका अनुसार सोमबार चेक आउट गर्नुपर्ने थियो तर आएनन्। होटलले प्रहरीलाई खबर गर्यो। मङ्गलवार ४:३० मा प्रहरी कोठामा प्रवेश गर्दा छ जनालाई भुईँमा मृत अवस्थामा थिए।

प्रारम्भिक अनुसन्धानमा छ जनामध्ये  दुई जना सुइटको ढोकासम्म पुग्ने प्रयास गरेको देखिन्छ। तर पुग्न सकेनन्।

सबैको शरीरमा साइनाइडको असर देखियो जसले केही मिनेटभित्रै व्यक्तिलाई मार्न सक्छ। अक्सिजनको कमीले उनीहरूका ओठ र नङहरू गाढा बैजनी रङका भएका थिए।उनीहरूका आन्तरिक अङ्गहरू रातो भएका थिए, जुन साइनाइडको अर्को लक्षण हो।

अनुसन्धानकर्ताहरूका अनुसार उनीहरूको मृत्युको कारणबारे साइनाइड बाहेक अन्य कुनै कारण छैन।

साइनाइडले शरीरका कोशिकाहरूलाई अक्सिजनबाट वञ्चित गर्छ, जसले हृदयाघात निम्त्याउन सक्छ। रिँगटा लाग्ने, सास फेर्न गाह्रो हुने र वान्ता हुने प्रारम्भिक लक्षण हुन्।

थाइल्यान्डमा साइनाइडको प्रयोगमा कडाइ गरिएको छ। यसको अनधिकृत प्रयोगमा दुई वर्षसम्म जेल सजाय हुन सक्ने कानुन छ।

उनीहरूलाई कसले विष दियो?

कोठामा भएकामध्ये कसैले ऋणको तनावका कारण साइनाइडको प्रयोग गरेको प्रहरीको अनुमान छ। तर छ जनामध्ये उ को थियो खुलेको छैन।

भियतनामी आउटलेट भिएन एक्सप्रेसका अनुसार अन्य पाँच जनाले चोंगलाई लेनदेनबारे मुद्दा हालेका थिए। बैंककमा सम्झौताको लागि बैठक बोलाइएको थियो, तर प्रयास असफल भयो।

अनुसन्धानकर्ताहरूले खोजेको थप सुराक

प्रहरीले बैंककमा समूहको टुर गाइड, ३५ वर्षीय फान न्गोक भुको बयान लियो। गाइडका अनुसार मृत्यु हुनुअघि, मध्यस्थकर्ता थी न्गुयेन फुओंग लानले कसैलाई आफ्नो जोर्नी दुखाइको लागि साँपको रगत भएको परम्परागत औषधी किन्न भनेकी थिइन्।
प्रहरीले सुइटमा फेला पारेको  दुईवटा धातुका पेय पदार्थका भाँडा होटलका हैनन्।

साइनाइड भेटिएका चियाको कपहरु।ती भाँडाहरू साइनाइडयुक्त चिया कपहरूको छेउमा, डाइनिङ टेबलको नजिकै राखिएका थिए।

थाइल्यान्डले पर्यटन उद्योगलाई पुनर्जीवित गर्न ९३ देशहरूलाई भिसा-मुक्त प्रवेश विस्तार गरेकै बेलामा भएको घटनाले थाई अधिकारीहरू चिन्तित देखिएका छन्।उनीहरू यसको अनुसन्धान जतिसक्दो चाँडो टुङ्ग्याउने प्रयासमा छन्। तर क्लु भेटेका छैनन्।

आघातमा परिवार
बिबिसी भियतनामले मेकअप कलाकारकी आमा, टुयलाई फोनमा सम्पर्क गर्यो, तर उनी बोल्न सक्ने अवस्थामा थिइनन्।

छोटो कुराकानी पछि उनले फोन राखिदिइन्। उनले आफ्नो छोरा नियमित कामका लागि यात्रामा गएको सोचेको बताइन्। उनका बुबा, त्रान दिन्ह डुङ्गले छोरालाई अन्तिम पटक देख्दा उनमा कुनै अनौठो व्यवहार नदेखेको बताए।

साउन ४, २०८१ शनिबार २१:००:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।