कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे नियुक्त भएका छन्।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले शनिवार घिमिरेलाई पार्टीको संसदीय दलको प्रमुख सचेतकमा मनोनीत गरे।

सिन्धुली १ बाट निर्वाचित घिमिरे पार्टीको केन्द्रीय सदस्य तथा लेखा समितिको संयोजक समेत हुन्।

यसअघि प्रमुख सचेतक रहेका नेता रमेश लेखक गृहमन्त्री बनेपछि रिक्त रहेको सो पदमा सभापति देउवाले घिमिरेलाई नियुक्त गरेका हुन्। 

साउन ५, २०८१ शनिबार १८:२२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।