डिशहोमको ‘माईडिशहोम’ एप फेरि सार्वजनिक

डिशहोमको ‘माईडिशहोम’ एप फेरि सार्वजनिक

काठमाडौं : डिश मिडिया नेटवर्कले आफ्नो ‘माईडिशहोम’ एप फेरि सार्वजनिक गरेको घोषणा गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सबै विभागका प्रमुखको उपस्थितिमा एप लगइन गरी सार्वजनिक गरे।

एपबाट टिभी, इन्टरनेटसहित डिशहोमका सबै सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

एपको नयाँ संस्करण प्रयोगकर्ताको अनुभव र सुविधामा सुधार गर्ने उद्देश्यले परिष्कृत सुविधासहित होस्ट गरिएको डिशहोमको भनाइ छ।

कम्पनीका अनुसार यसमा बायोमेट्रिक लगइन, फुटप्रिन्ट उपलब्धता जाँच, राउटर/वाइफाइ सेटिङ, रेफरल प्रणाली, अफलाइन मोड, क्रेडिट प्रणाली, पीपीभी खरिद, प्याकेज बुकिङ र खरिद, खाता प्रणाली सम्पादनलगायत धेरै सुविधा रहेको छ।

माईडिशहोम एप आईओएस एप स्टोर र एन्ड्रोइड प्ले स्टोर दुवैमा उपलब्ध छ। 

साउन ४, २०८१ शनिबार १७:४६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।