चित्रबहादुर केसीको शंका- ओलीले फेरि संसद विघटन गर्न सक्छन्

चित्रबहादुर केसीको शंका- ओलीले फेरि संसद विघटन गर्न सक्छन्

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीले फेरि संसद विघटन गर्नसक्ने शंका गरेका छन्।

शनिबार बुटवलमा प्रगतिशील पत्रकार संघले गरेको पत्रकार भेटघाटमा केसीले प्रधानमन्त्री ओलीले फेरि संसद भत्काउन सक्ने र देश प्रतिगमनतिर जानसक्ने बताए।

‘ओलीले विगतमा अदालतले गलत ठहर गरेर फैसला गर्दा पनि दुई पटकसम्म संसद विघटन गरेका थिए, त्यो कुरा गल्ती हो भनेर अहिलेसम्म स्वीकारेका छैनन्। फेरि पनि संसद भत्काउने र मुलुक प्रतिगमनतिर जाने डर छ,’ उनले भने। 

उनले कांग्रेस-एमालेबीच भएको सातबुँदे सहमति अहिलेसम्म सार्वजनिक नगरिएकोमा असन्तुष्टि व्यक्त गरे।

‘रातारात गरेको सात बुँदेमा के छ? जनता र राष्ट्रको हितमा भएको भए किन लुकाइरहेका छन्?’, उनले भने, ‘सार्वजनिक नगर्नुपर्ने के कारण हो, यसरी लुकाएर हुँदैन।’ 

साउन ४, २०८१ शनिबार १७:३०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।