एमालेसँगको सहकार्य निर्वाचनसम्मै कायम रहेको कांग्रेस महामन्त्रीको दाबी

एमालेसँगको सहकार्य निर्वाचनसम्मै कायम रहेको कांग्रेस महामन्त्रीको दाबी

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले-कांग्रेस गठबन्धनको सरकार अर्को निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित ४२औं वीपी स्मृति दिवसको अवसरमा आयोजित ‘वीपी कोइराला र वर्तमान राष्ट्रिय राजनीति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेसँगको सहमति कार्यान्वयनका सवालमा कांग्रेस अनुसाशित रहेको बताए।

एक राजनीतिक दलले कुनै अर्को राजनीतिक दललाई ढाट्ने, झुक्याउने र धोका दिने परिपाटीकाबीच दुई ठुला दल एक ठाउँमा आएको उल्लेख गर्दै अहिलेको सरकार शंका र संशयबाट मुक्त हुनुपर्ने बताए।

उनले भने, ‘एकले अर्कालाई ढाट्ने, झुक्याउने र धोका दिने परिपाटीकाबीच दुई दल एक ठाउँमा मिलेका छौँ। म नेपाली कांग्रेसको जिम्मा लिएर भन्छु सरकार निर्माणका क्रममा एमालेसँग भएका सहमतिमा नेपाली कांग्रेसको तर्फबाट तलमाथि हुँदैन।’

साउन ४, २०८१ शनिबार १३:००:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।