प्रधानमन्त्रीले ओलीले विश्वासको मत लिनुअघि कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रधानमन्त्रीले ओलीले विश्वासको मत लिनुअघि कांग्रेस संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

आइतबार मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनका लागि ह्विप जारी गर्ने तयारी छ।

यसका साथै अन्य समसामियक राजनीतिक विषयमा पनि छलफल हुनेछ।

साउन ४, २०८१ शनिबार १२:००:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।