एसीसी वुमन्स एसिया कपमा नेपालको ऐतिहासिक सुरुवात, पहिलो पटक हरायो युइएलाई

एसीसी वुमन्स एसिया कपमा नेपालको ऐतिहासिक सुरुवात, पहिलो पटक हरायो युइएलाई

काठमाडौँ : एसीसी वुमन्स एसिया कपमा नेपाली टिमले पहिलो पटक यूएईलाई हराएको छ। शुक्रवारको खेलमा नेपाली टिमले युइएलाई ६ विकेटको हराएर इतिहास निर्माण गरेको हो।

युइएले नेपाली टिमलाई १ सय १६ रनको लक्ष्य दिएको थियो। नेपालले पुरै ओभर पनि नखेली १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

नेपालको जितमा ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङ निकै सहयोगी भयो। खड्काले ४५ बलमा ११ चौकासहित ७२ रन बनाएर नट आउट रहिन्। पूजा महतो ७ रनमा नट आउट रहिन्।

नेपालको तर्फबाट सीता राना मगरले ७, कविता कुँवरले २, इन्दु बर्माले ६ र रुविना क्षेत्री १० रन बनाएका थिए। युएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिएकी थिइन्।

श्रीलङ्काको डाम्बुलामा भएको खेलमा टस जितेको नेपालले पहिला बलिङ रोजेको थियो। यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ स १५ रन बनाएको थियो। युएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाएकी थिइन्। कप्तान इसा ओझाले १०, रिनिथा रजिथाले ६ थीर्थ सतिशले ९ र समिरा धर्निधर्कले १३ रन बनाएकी थिइन्।

नेपालकी कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन्। स्पिनर कृतिका मरासिनीले २ ओभरमा १५ रन खर्चेर १ विकेट, सबनम राईले ३ ओभरमा २७ रन खर्चेर १ विकेट र कविता जोशीले १ विकेट लिएकी थिइन्। नेपालले दोस्रो खेल ६ साउनमा पाकिस्तान र ८ साउनमा भारतसँग रहेको छ।

साउन ३, २०८१ शुक्रबार १९:३६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।