महिला एसिया कपमा यूएईविरुद्ध नेपालले टस जित्यो

महिला एसिया कपमा यूएईविरुद्ध नेपालले टस जित्यो

काठमाडौं : श्रीलंकामा आजबाट सुरू हुन लागेको महिला एसिया कपको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध टस जितेको छ।

नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ रोजेसँगै युएई ब्याटिङमा तानिएको छ। हावाको बेग बढी भएकाले बलिङ रोजेको उनले बताइन्।

यसका साथै उनले आफूहरू तयारी राम्रो रहेको र त्यहि अनुसारको योजनालाई फिल्डमा पनि उतार्ने बताइन्।

नेपाल र युएईबीच भएका पछिल्ला पाँच खेलमा नेपाल दुई र यूएई एक पटक विजयी भएका छन्। बाँकी दुई खेल भने रद्द भएका थिए।

महिला एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेपछि नेपाल, युएई, मलेसिया र थाइल्यान्डले एसिया कप खेल्न पाएका हुन्।

नेपालको प्लेइङ ११ मा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, कविता कुँवर, कविता जोशी, पुजा महतो, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी र सबनम राई रहेका छन्।

साउन ३, २०८१ शुक्रबार १४:००:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।