राष्ट्रिय झण्डा दिँदै राष्ट्रपतिले भने 'उच्च मनोबलका साथ खेल्नु’

राष्ट्रिय झण्डा दिँदै राष्ट्रपतिले भने 'उच्च मनोबलका साथ खेल्नु’

काठमाडौँ : ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली झन्डा हस्तान्तरण गर्दै सफलताको शुभकामना दिए। राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार आयोजित कार्यक्रममा पौडेलले खेलाडीहरूलाई शुभकामनासहित बिदाइ गरे।

राष्ट्रपति पौडेलले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरेका थिए। उनले गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीहरूले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’  राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरेका थिए। खेलाडी बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहित ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा नेपालबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलहरूको सहभागी थिए।

साउन ३, २०८१ शुक्रबार १३:५०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।