सिमलताल पहिरोमा बेपत्ता बसका दुई यात्रुको शव भारतमा भेटियो, एउटा शव मात्र नेपाल ल्याइयो

सिमलताल पहिरोमा बेपत्ता बसका दुई यात्रुको शव भारतमा भेटियो, एउटा शव मात्र नेपाल ल्याइयो

काठमाडौं : असार २८ गते सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका दुई यात्रुको शव भारतमा फेला परेको छ।

बिहीबार राति करिब साढे ९ बजे भारतको चम्पारण नगाहा स्थित नारायणी नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले दुई वटा शव फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार दुईमध्ये एक शव नेपाल ल्याइसकिएको र एउटा ल्याउन बाँकी छ। योसँगै हालसम्म २३ जना यात्रुको शव फेला परेको छ।

असार २८ गते विहान भरतपुर महानगरपालिका-२९ सिमलतालमा लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश-०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो।

साउन ३, २०८१ शुक्रबार १३:०१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।