तेल अवीवमा ड्रोन आक्रमण

तेल अवीवमा ड्रोन आक्रमण

एजेन्सी : इजरायलको मुख्य शहर तेल अवीवमा ड्रोन आक्रमण भएको छ।

शुक्रबार बिहान मध्य तेल अवीवमा भएको ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ।

सेनाले जारी गरेको विज्ञप्तिमा आक्रमणबारे अनुसन्धान भइरहेको र सुरुवात चरणमा यो हवाई आक्रमण भएको देखिएको उल्लेख छ।

आक्रमणपछि उक्त क्षेत्रमा हवाई गस्ती बढाउन निर्देशन दिइएको छ। विस्फोटमा अन्य धेरै व्यक्तिहरू घाइते भएको इजरायली आपतकालीन सेवाहरूले जनाएका छन्।

इरान समर्थित हुथी विद्रोहीहरूले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा तेल अवीवलाई लक्षित गरी आफ्नो सैन्य कारबाहीबारे थप जानकारी दिने बताएका छन्।

इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाह कमाण्डर मारिएको पुष्टि गरेपछि यो घटना भएको हो।

गत वर्ष अक्टोबरमा इजरायलले गाजामा हमासविरुद्ध कारबाही सुरु गरेपछि हिजबुल्लाह र इजरायली सेनाबीच गोली हानाहान भइरहेको छ।

साउन ३, २०८१ शुक्रबार १२:३६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।