न्यूरोडमा फुटपाथ विस्तार गर्न वडाध्यक्ष र स्थानीयको अवरोध

न्यूरोडमा फुटपाथ विस्तार गर्न वडाध्यक्ष र स्थानीयको अवरोध
तस्बिर सौजन्य : नेपाल प्रेस

काठमाडौं : काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तार गर्न वडा नम्बर २२ का वडाध्यक्षसहित न्यूरोडका व्यवसायी र स्थानीयवासीले अवरोध गरेका छन्।

न्यूरोडमा फुटपाथ बढाउन नहुने भन्दै उनीहरू प्रर्दशनमा उत्रिएका हुन्। वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन सडकमै बसेका छन्।

उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरले बुधबारबिहानदेखि न्यूरोड नयाँ सडकमा फुटपाथको काम सुरु गरी कालोपत्रे भत्काउन सुरू गरेको थियो।

यसअघि महानगर न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रकिया अगाडि बढाएको थियो  त्यतिबेला पनि न्यूरोडका स्थानीय र व्यापारीहरूले अवरोध गरेका थिए।

स्थानीय र व्यापारीको अवरोधकैबीच महानगर काम सुरु गरी कालोपत्रे समेत काटेर काम सुरु गरिसकेको थियो। तर, सडक डिभिजन काठमाडौंले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै सामान जफत गरी फुटपाथ विस्तारमा रोक लगाएको थियो।

महानगरले फुटपाथ विस्तारको लागि काटेको सडक समेत सडक डिभिजनले पुन: पुरेर पीच गरेको थियो। त्यसपछि महानगर मुद्दा लिएर उच्च अदालत पाटन गएको थियो।

साउन ३, २०८१ शुक्रबार ११:२२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।