सुनको मूल्य दुई हजारले घट्दा चाँदीमा ३० रुपैयाँ गिरावट

सुनको मूल्य दुई हजारले घट्दा चाँदीमा ३० रुपैयाँ गिरावट

काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुुनचाँदीको मूल्य घटेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्दा चाँदी प्रतितोला ३० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार हुने छ। यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख ४६ हजार ८ सय रुपैयाँ कायम भएको छ।

उता चाँदीको मूल्य पनि घटेर १ हजार ८३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख ४९ हजार पाँच सय रुपैयाँ हुँदा चाँदी तोलाको १ हजार ८६० रुपैयाँ थियो।

साउन ३, २०८१ शुक्रबार ११:०८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।