म राष्ट्रपति भएको भए रुस-युक्रेन र इजरायल-हमास युद्ध नै हुने थिएन

म राष्ट्रपति भएको भए रुस-युक्रेन र इजरायल-हमास युद्ध नै हुने थिएन

एजेन्सी : पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति भएकाे अवस्थामा रुस-युक्रेन र इजरायल-प्यालेस्टाइन युद्ध नै नहुने बताएका छन्।

रिपब्लिकन पार्टीको चारदिने सम्मेलनमा बोल्दै पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो बताएका हुन्।

सम्बोधनका क्रममा उनले वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल र वर्तमान सरकारबारे चर्को आलोचना गरे।

ट्रम्पले भने, ‘यदि म राष्ट्रपति भएको भए रुस र युक्रेनबीच चलिरहेको यो भयानक युद्ध र इजरायलमाथि हमलाका कारण सुरु भएको युद्ध हुने थिएन।’

उनले वर्तमान सरकारले सिर्जना गरेका सबै अन्तर्राष्ट्रिय समस्या समाधान गर्ने बताउँदै आफूमाथि आक्रमण हुँदा मारिएका कोरी कम्प्यारेटरलाई श्रद्धान्जली अर्पण गरे।

उनले राष्ट्रपति पदको उम्मेदवारी स्वीकार गर्ने बताउँदै  आगामी चार महिनामा रिपब्लिकन पार्टीले अतुलनीय जित हासिल गर्ने बताए।

उनले यसलाई अमेरिकी इतिहासकै सबैभन्दा ठूलो चार वर्ष भनेका छन्।

साउन ३, २०८१ शुक्रबार १०:५२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।