सामसङ ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि-अर्डर सुरु, कति पर्छ मूल्य ?

सामसङ ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि-अर्डर सुरु, कति पर्छ मूल्य ?

काठमाडौं : सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि-अर्डर सुरु भएको घोषणा गरेको छ।

बुधबार राजधानीमा आयोजित एक समारोहका बीच सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ सिरिजको अनावरण गर्दै प्रि-अर्डर सुरु भएको घोषणा गरेका हुन्।

सो अवसरमा स्थापितले भने, ‘फोल्डेबलका लागि सामसङको निरन्तर आविष्कारले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ सँग ग्यालेक्सी एआईको अर्को अध्याय खोलेको छ। फोल्डेबल फोर्म फ्याक्टरलाई एआई-इन्फ्युज्ड कनेक्टेड ग्यालेक्सी इकोसिस्टमसँग मिलाएर, हाम्रा नयाँ स्मार्टफोनहरूले प्रयोगकर्ताहरूलाई एक आकर्षक अनुभव प्रदान गरेर नयाँ सम्भावनाहरू अन्लक गर्न सशक्त बनाउँछ।’

ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६, ग्यालेक्सी जेड सिरिजका अहिलेसम्मकै सबैभन्दा पातलो र हल्का डिभाइसहरू हुन्। ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित छन् भने अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, सीपियु, जीपियु र एनपियु कार्यसम्पादनको संयोजन गर्ने कम्पनीको भनाइ छ।

ग्यालेक्सी जेड फोल्ड६ ले ठुलो स्क्रिनलाई अधिकतम बनाउन र प्रयोगकर्ताको उत्पादकत्वलाई उल्लेखनीय रूपमा वृद्धि गर्न एआई-सञ्चालित सुविधाहरू र उपकरणहरूको दायरा प्रदान गर्ने कम्पनीले जनाएको छ।

गुगलसँगको साझेदारीद्वारा नयाँ ग्यालेक्सी जेड सिरिजमा नयाँ गुगल जेमिनी एप पनि पूर्ण रूपमा एकीकृत भएको छ। जसले प्रयोगकर्ताको फोनमा नै आफ्नै एआई-संचालित सहायक उपलब्ध गराउने जनाइएको छ।

ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि-बुक अफरहरू साउन २ देखि १५ गतेसम्म मान्य रहने कम्पनीले जनाएको छ।

यी उपहारहरूका साथै पहिलो ५०० प्रि-अर्डर गर्ने ग्राहकहरूले एनसेल सधैँ अन सिम प्राप्त गर्न सक्नेछन्। जसमा १७ जीबी डाटा + ४९९ मिनेट कल + ४९९ एसएमएस प्रत्येक महिना, ६ महिनासम्म निःशुल्क प्राप्त गर्न सक्नेछन्।

सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको लागि १ पटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध छ। आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि सामसङले सबको फोन र अर्को स्टोर मार्फत १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि उपलब्ध गराएको छ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इनस्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले देशभरकै सामसङ आधिकारिक स्टोरबाट ० प्रतिशत ब्याजदरमा ग्यालेक्सी जेड फोल्ड रु ६८५४ महिना र ग्यालेक्सी जेड फ्लिप६को रु ४५२१ महिनाको किस्तादरमा प्राप्त गर्न सक्नेछन्।

यी नयाँ फोल्देबलहरूका लागि, सामसङले उपभोक्ताहरूलाई थप सहज बनाउनको लागि डाउन-पेमेन्टलाई ३० प्रतिशतमा घटाएर २४ महिनासम्म ऋण अवधि गरेको छ।

साउन ३, २०८१ शुक्रबार १०:११:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।