आइएमई लाइफ इन्स्योरेन्सले पायो केयर-एनपी ट्रिपल बि प्लस रेटिङ

आइएमई लाइफ इन्स्योरेन्सले पायो केयर-एनपी ट्रिपल बि प्लस रेटिङ

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर-एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ।

रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ।

कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरूको सुरक्षाको लागि आफ्ना जोखिमहरूलाई न्युनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्छ।

रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर-एनपी ट्रिपल बि’ रेटिङ गरेको थियो।

रेटिङ एजेन्सीले आार्थिक वर्ष २०८०/८१ मा हकप्रद तथा सार्वजनिक शेयर जारी गरे पश्चातको  कम्पनीको नेट वर्थको वृद्धिलाई पनि मूल्याङ्कन गरेको छ, जसले गर्दा आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थतामा सुधार भएको छ।

कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्ता पूँजीलाई ५ अर्ब रुपैयाँ समेत पुर्याएको छ। 

साउन ३, २०८१ शुक्रबार १०:०३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।