ट्रम्प अमेरिकाको राष्ट्रपति भए काम गर्न सहज हुँदैन : युक्रेनी राष्ट्रपति जेलेन्स्की

ट्रम्प अमेरिकाको राष्ट्रपति भए काम गर्न सहज हुँदैन : युक्रेनी राष्ट्रपति जेलेन्स्की

एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेमा उनीसँग काम गर्न सहज नहुने बताएका छन्।

यद्यपि उनले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न तयार रहेको पनि बताए।

केही दिनअघि ट्रम्पले ओहायोका सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका थिए। ३९ वर्षीय जेडी भान्सले युक्रेनमा जे भए पनि वास्ता नगर्ने बताइसकेका छन्।

भान्स युक्रेनमा युद्धको लागि आर्थिक सहयोगको विरुद्धमा छन्।

नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भए युक्रेनका सम्बन्धमा अमेरिकाको नीति परिवर्तन हुने आशंका बढेको छ।

बीबीसीसँगको कुराकानीमा जेलेन्स्कीले युक्रेनमा के भइरहेको छ भन्ने थाहा नभएको हुनाले अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताए। जेलेन्स्की हाल बेलायतमा छन्।

जेलेन्स्कीले यसअघि बेलायती प्रधानमन्त्री केयर स्टार्नरलाई पनि भेटेका थिए। भेटमा स्टार्नरले सम्भव भएसम्म युक्रेनको साथ रहने बताएका छन्।

साउन ३, २०८१ शुक्रबार ०८:५२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।