विपद्मा परी १२५ जनाको मृत्यु, १८२ घर डुबानमा

विपद्मा परी १२५ जनाको मृत्यु, १८२ घर डुबानमा

काठमाडौं : देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि आएको बाढी पहिरोलगायतका विपद्मा परी हालसम्म १ सय २५ जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा दुईजना, कोशी प्रदेशमा २२ जना, मधेशमा पाँच जना, बागमतीमा २० जना, गण्डकीमा ३८ जना, लुम्बिनी मा २३ जना, कर्णालीमा ७ जना र सुदूरपश्चिममा ८ जना गरी जम्मा १ सय २५ जनाको मृत्यु भएको हो। 

काठमाडौं उपत्यकामा आठ जना, कोशीमा ३४ जना, मधेशमा ९ जना, बागमतीमा सात जना, गण्डकीमा २९ जना, लुम्बिनीमा ९ जना, कर्णालीमा ३३ जना र सुदूरपश्चिममा १४ जना गरी जम्मा एक सय ४३ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

कोशी प्रदेशमा ४१ जना, गण्डकीमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ।

बाढी पहिरोमा परी कोशीमा दुई जना, मधेश मा एक जना, बागमतीमा दुई जना, गण्डकीमा एक जना, कर्णालीमा एक जना र सुदूरपश्चिममा एक जना गरी आठ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ।

बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन्। २ सय २२ वटा घर, ८० वटा गोठ, ४३ वटा पुल, एक वटा विद्यालय र दुइवटा सरकारी कार्यालयमा क्षति पुगेको छ। 

५ सय ८५ वटा पशुचौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ७ सय २१ घर परिवार विस्थापित भएका छन्। 

साउन २, २०८१ बिहीबार २१:५४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।