सेयर बजारमा राजनीतिको प्रभाव : १५ दिनमा १९७ विन्दुले उकालियो

सेयर बजारमा राजनीतिको प्रभाव : १५ दिनमा १९७ विन्दुले उकालियो

काठमाडौँ : एमालेसहितको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको साटो एमाले-कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्न दुवै दलका नेताहरू दौडधुपमै रहेको दिन असार १७ गते नेप्से १६.२९ अङ्कले बढेर बजार बन्द भयो।

अघिल्लो दिन अर्थात् असार १७ गते बजार १४.४८ अङ्कले घटेर बन्द हुँदा नेप्से परिसूचक २ हजार २ सय २७.१६ थियो। मध्यरात एमाले अध्यक्ष केपी शर्मा ओली अनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भएको दिन असार १८ मा नेप्सेमा उछाल आएर ४७.४ अङ्कले बढेर बजार बन्द भयो।

यो १५ दिनको बिचमा नेप्से परिसूचक उकालिएर १९७.१६ अङ्कले बढेर २४ सय पार गयो। बिहीबार यो साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक परिसूचक ५९.६८ अङ्कले  बढेर दुई हजार चार सय २४.३२ मा पुग्यो।

असार ३१ गतेसम्म पनि नेप्से परिसूचक २२ सय वरिपरि नै घुमिरहेको थियो। असारको अन्तिम दिन नेप्से परिसूचक १७.१८ अङ्कले घटेर दुई हजार दुई सय ५७.५९ मा थियो। तीन दिन लगातार नेप्से परिसूचक उकालो लागेर २४ सय पार गयो।

साउनको पहिलो दिन ७०.१६ अङ्कले बढेर नेप्से परिसूचक २३ सयमा प्रवेश गर्यो। साउन दुई गते ५४.०४ अङ्कले बढेर २३ सय ६४.६३ मा पुग्यो। असार तीन गते ५९.६८ अङ्कले बढेर २ हजार चार सय २४.६८ मा पुगेर बजार बन्द भयो। यो १५ दिनमा कारोबार रकम दुई अर्बबाट बढेर १५ अर्ब पुग्यो।

१५ दिनको बिचमा बैङ्किङ समूह ८०.५९, होटेल र पर्यटन ६३.६१, हाइड्रो १५१.७४ सम्म बढे पनि बिहीबार ०.२२ अङ्कले घटेर बन्द भयो। विकास बैङ्क ६३.५१, निर्माण सम्बन्धी ८३.१९ अङ्कले बढेको थियो।

साउन २, २०८१ बिहीबार २०:५०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।