नेक्स्ट एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डर साझेदारीमा जोडिए रोहित पौडेल

नेक्स्ट एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डर साझेदारीमा जोडिए रोहित पौडेल

काठमाडौं : द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँग ब्रान्ड एम्बेस्डर साझेदारीको घोषणा गरेको छ।

अन्तराष्ट्रिय शैक्षिक संस्थामा गएर उच्चशिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि कप्तान पौडेलसँगको सहकार्यले सत्य र तथ्यपरक जानकारी र सूचना सम्प्रेषण तथा परामर्श प्रदान गर्न थप प्रभावकारी हुने अपेक्षा गरिएको बताइएको छ।

युवाहरूमा परिचित रोहितले ब्रान्ड एम्बेस्डरको रूपमा सशक्त भूमिका निर्वाह गर्दै शैक्षिक परामर्शको कार्यलाई विश्वसनीय रुपमा अगाडि बढाउन सक्षम हुने द नेक्स्टको विश्वास छ। 

खासगरी द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी निर्दिष्ट गरेका, योजना,कार्यक्रम र लक्ष्यको प्राप्तिका लागि रोहितसँगको सहकार्य थप सुखद् र हुनेछ ।

ब्रान्ड एम्बेस्डर घोषणा कार्यक्रममा बोल्दै कन्सल्टेन्सीका सीईओ सालिकराम भण्डारीले द नेक्स्ट एजुकेशनले सदैव टिमवर्क, गुणस्तर र पारदर्शितामा विश्वास राख्ने बताए।  

कप्तान पौडेलले नेक्स्ट एजुकेशनसँगको साझेदारीमार्फत आफू सम्मानित भएको बताए।  

साउन २, २०८१ बिहीबार २०:२५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।