प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा रिमाल नियुक्त, आर्थिकमा खतिवडा

प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा रिमाल नियुक्त, आर्थिकमा खतिवडा

काठमाडौं : सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीशुब्बा गुरुङले जानकारी दिए। 

एमालेका उप-महासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए।

त्यस्तै, प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरिएको छ। 

उनी २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री थिए। 

साउन २, २०८१ बिहीबार २०:०१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।