नागरिकता जन्ममिती विवादमा रथि सिग्देलको पक्षमा सैनिक मुख्यालय

नागरिकता जन्ममिती विवादमा रथि सिग्देलको पक्षमा सैनिक मुख्यालय

काठमाडौँ : रथी अशोकराज सिग्देलको जन्म मितिबारे कुनै विवाद नरहेको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले दाबी गरेका छन्।

बिहीबार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा रहेको जन्म मितिको विवरणमा शङ्का गर्ने ठाउँ नरहेको दाबी गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट सिग्देलको नाममा पहिलो पटक जारी भएको नागरिकता र ‘प्रथम प्रतिलिपि’ मा उमेर, प्रमाणपत्र नम्बर र जारी मितिमा केही फरक नभएको उनको दाबी थियो।

सेनामा भर्ना हुन उनले पेस गरेको एसएलसीको प्रमाणपत्रमा जन्म मिति २०२३ माघ १९ उल्लेख रहेको र तत्कालीन सुपिङ बहुमुखी क्याम्पसबाट जारी भएको प्रमाणपत्रमा पनि सोही जन्म मिति उल्लेख रहेको उनले दाबी गरेका हुन्।

कुनै प्रमाणपत्रमा वर्ष मात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्म मिति खुलेको रहेछ भने त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्म मितिको बिचमा एक वर्षको अन्तर देखिएमा पूरा खुलेको जन्म मितिलाई आधार मान्नुपर्ने’ कानुनी व्यवस्था रहेको उनले बताए।

साउन २, २०८१ बिहीबार १९:४४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।