ग्लोबल आईएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो

ग्लोबल आईएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो

काठमाडौं : ग्लोबल आईएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ। 

२०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरूमा मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको बताएको छ। 

हालैमात्र बैंकको निक्षेप ५ खर्ब रुपैयाँ भन्दा बढि पुगेको छ। पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि यस बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरूमध्य पहिलो नम्बरमा रहेको बताइएको छ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो। 

बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन्। 

साउन २, २०८१ बिहीबार १८:५५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।