नेपाली सेनाको कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड नगद मौज्दात

नेपाली सेनाको कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड नगद मौज्दात

काठमाडौं : नेपाली सेनाले आफ्नो कल्याणकारी कोषमा गत असार मसान्तसम्म ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको जनाएको छ।

सैनिक मुख्यालय भद्रकालीमा बिहीबार आयोजित वार्षिक पत्रकार सम्मेलनमार्फत सेनाले उक्त जानकारी दिएको हो। 

सैनिक कल्याणकारी निर्देशनालयका सहायकरथी किरण केसीले कोषबाट सोही समयसम्म ६ अर्ब ९७ करोड ९६ लाख विभिन्न क्षेत्रमा लगानी गरिएको बताए। 

उनका अनुसार सेनासँग कोषमा नगद र कोषको यथार्थ सम्पत्ति गरि हाल ८२ अर्ब ८८ करोड ७४ लाख छ।

कोषमा शान्ति सेनामा भाग लिए बापत प्राप्त हुने रकम, बैंक तथा बित्तिय संस्थाहरुमा निक्षेप गरिएको रकमबाट प्राप्त हुने ब्याज तथा शिक्षण शुल्कबाट प्राप्त हुने रकम रहने गरेको छ। कोषसँग करिब १० लाख हिताधिकारी प्रत्यक्ष जोडिएको सेनाले जनाएको छ। 

उक्त कोष २०३२ सालमा स्थापना भएको हो। 

साउन २, २०८१ बिहीबार १८:४०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।