'पुराना दलसँग मिलेर सरकारमा जाँदा धेरै गाली खायौँ तर, सिंहदरबार कसरी चल्दो रहेछ भन्ने ज्ञान पाइयो'

'पुराना दलसँग मिलेर सरकारमा जाँदा धेरै गाली खायौँ तर, सिंहदरबार कसरी चल्दो रहेछ भन्ने ज्ञान पाइयो'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाँदा गाली खाएको बताएका छन्। 

रास्वपाको नीति मन्थन कार्यक्रममा बोल्दै उनले सिंहदरबार कसरी चल्छ भनेर हेर्न मात्र गएको बताए।

उनले भने, ‘भागबण्डा लिएर सरकारमा जानु भएको थियो नि भन्ने प्रश्न उठेको छ। हाम्रो पार्टीले राजनीतिक भागबण्डामा आफ्नो भाग खोज्थ्यो भने मन्त्रिपरिषदको बैठकमा खल्तीबाट दुईचार जनाको नाम दिइहाल्थ्यौं। तर, भागबण्डा नखाने भए सरकारमा किन गएको भनेर अर्कोतिर प्रश्न गर्छन्। दलहरूसँग मिलेर जाँदा गाली खाने काम बाहेक केही नहुँदो रहेछ। केही गर्नु थियो, सिक्नु थियो, सिंहदरबार कसरी चलाउने भन्ने कुरा जान्नको लागि हामी भागबण्डामा गएका हौं।’

कार्यकर्ताले वर्षौं काम गरेको भन्दै योगदानको मूल्य माग्न थालेको उनको भनाइ छ। 

उनले भने, ‘राजनीतिक दलहरूले ठुलो भारी बोक्नु परेको छ, लाखौं कार्यकर्ताको भारी बोक्नु परेको छ। भातृ संगठनहरूको भारी बोक्नु परेको छ। मेरै साथीहरूले योगदानको मूल्य मागिरहेका छन्। पार्टी खोलेको दुई वर्ष भएको छैन मेरो योगदान छ भन्नुहुन्छ, अरू पार्टीको त के कुरा गर्नु।’

उनले यसरी पार्टीमा योगदान दिनेहरूलाई राज्यको सम्पत्तिबाट पाल्नु परेको जिकिर गरे। 

साउन २, २०८१ बिहीबार १८:१०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।