सुरू भयो कांग्रेस-एमाले गठबन्धनको भविष्यवाणी, ०८४ सम्मै टिक्ने निधिको दाबी

सुरू भयो कांग्रेस-एमाले गठबन्धनको भविष्यवाणी, ०८४ सम्मै टिक्ने निधिको दाबी

काठमाडौं : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेस-एमाले गठबन्धन २०८४ सालसम्म कायम रहने बताएका छन्।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकारलाई आ-आफ्नो तर्फबाट सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गरे।

गएको निर्वाचनपछि एमालेको समर्थनमा प्रधानमन्त्री बन्दैगर्दा पनि एमाले-माओवादी गठबन्धन ०८४ सम्मै टिक्ने दाबी गरिएको थियो। त्यसपछि बद्लिएको कांग्रेस-माओवादी गठबन्धनको बारेमा पनि आगामी चुनावसम्मै जाने नेताहरूको तर्क हुने गरेको थियो। 

अहिले वर्तमान सत्ता गठबन्धन बनेको हप्ता दिन बित्न नपाउँदै यसको आयुबारे नेताहरूले ०८४ सम्मै रहने दाबी गर्न थालिसकेका छन्।  

मधेश प्रदेश सरकारमा सहभागिताबारे उनले मिलेर समस्या समाधान गर्नुपर्ने बताए। 

साउन २, २०८१ बिहीबार १७:४८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।