युनिलिभरको सेयरको मूल्य प्रतिकित्ता ५२ हजार ९ सय

युनिलिभरको सेयरको मूल्य प्रतिकित्ता ५२ हजार ९ सय

काठमाडौँ : युनिलिभर नेपाल लिमिटेड नेपालको सेयर बिहीबार प्रतिकित्ता ५२ हजार ९ सय ९९ रुपैयाँमा कारोबार भयो। युनिलिभरको शेयर बिहीबार मात्रै ८.६२ प्रतिशत बढ्यो।

बुधवार कम्पनीको सेयर प्रतिकित्ता ४८ हजार ७ सय ९४ रुपैयाँ ७० पैसामा कारोबार भएको थियो।  बिहीबार सेयर बजार बढ्दा कम्पनीको सेयर बढेर प्रतिकित्ता ५० हजार नाघ्यो।

कम्पनीको हालै भएको साधारण सभाले अधिकृत पुँजी बढाएर दुई अर्ब १४ करोड रुपैयाँ पुर्याउने निर्णय गरेको थियो। अहिले कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ छ। यसको चुक्ता पुँजी ९ करोड २० लाख रुपैयाँ छ।

पछिल्लो साधारण सभाले अधिकृत पुँजी वृद्धि गर्ने निर्णय गरेकाले त्यसको प्रभाव सेयर बजारमा देखियो। कम्पनीले बोनस शेयरमार्फत चुक्ता पुँजी बढाउन सक्ने अनुमानका आधारमा लगानीकर्ताहरू युनिलिभरको सेयरमा झुम्मिएको देखिन्छ।

साउन २, २०८१ बिहीबार १७:४१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।