घरमा पोछा लगाउने क्रममा करेन्ट लागेर ४० वर्षीय महिलाको मृत्यु

घरमा पोछा लगाउने क्रममा करेन्ट लागेर ४० वर्षीय महिलाको मृत्यु

काठमाडौं : कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका वडा नम्बर २ की ४० वर्षीय लक्ष्मी जैसीको छिन्। 

घरमा पोछा लगाउने क्रममा फ्रिजको पछाडिपट्टि रहेको तार छुँदा लक्ष्मीलाई करेन्ट लागेको थियो। 

त्यसपछि उनको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। 

साउन २, २०८१ बिहीबार १६:२५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।