नेप्से ५९.६८ अंकले बढ्यो, साढे १५ अर्ब बढीको कारोबार

नेप्से ५९.६८ अंकले बढ्यो, साढे १५ अर्ब बढीको कारोबार

काठमाडौं : साताको कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक ५९.६८ अंकले  बढेको छ।

बिहीबार नेप्से परिसूचक ५९.६८ अंकको बढोत्तरी सँगै २ हजार ४२४.३२ को बिन्दुमा पुगेर बन्द भएको हो। 

३१२ कम्पनीका १ लाख ८४ हजार ७ सय १२ पटकको कारोबारमा ३९ करोड ९३ लाख ८ हजार २ सय ३७ कित्ता सेयर खरिद बिक्री भएको छ।

जसमा कारोबार रकम १५ अर्ब ५४ करोड ८८ लाख ७ सय ३८ रुपैयाँ रहेको छ। सेन्सेटीभ इन्डेक्स १६ दशमलव  ३७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ४ दशमलव  ६६ अंकले बढेको छ।

बिहीबार सबैभन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ। यस कम्पनीको ४२ करोड ४६ लाख ८३ हजार ५ सय ४२ रूपैयाँ ३० पैसा बराबरको सेयर  कारोबार भएको छ।

यसअघि बुधबार नेप्से ५४.०४ अंकले वृद्धि भएको थियो भने मंगलबार ७०.१८ अंकले बढेको थियो।   

साउन २, २०८१ बिहीबार १५:५२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।