शरतसिंह भण्डारीलाई मन्त्री बनाएपछि लोसपामा विवाद

शरतसिंह भण्डारीलाई मन्त्री बनाएपछि लोसपामा विवाद

काठमाडौं : पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीलाई मन्त्री बनाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालभित्रको विवाद उत्पन्न भएको छ।  

त्यसअघि १६ पटक मन्त्री बनिसकेका भण्डारीले सोमबार केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका उनले पद तथा गोपनीयताको सपथ लिएका थिए। त्यसपछि पार्टी सह-अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले असहमति जनाउँदै आएका छन्। 

एउटै व्यक्तिलाई पटकपटक मौका दिएको भन्दै उनले पार्टी विभाजन गर्नेसम्मको असन्तुष्टि व्यक्त गरिरहेका छन्। त्यसका लागि उनी अहिले पार्टीका नेताहरूसँग छलफलमा समेत जुटेका छन्। 

उनले भने, ‘साथीहरूसँग छलफल गरिरहेको छु। त्यहाँबाट जे सुझाव आउँछ, त्यो अनुसार अगाडि बढ्छु।’ 

प्रधानमन्त्री अोलीले विश्वासको मत लिएपछि पार्टीमै रहेर संघर्ष गर्ने वा अलग हुने भन्ने विषयमा निर्णय लिने उनको भनाइ छ। 

प्रधानमन्त्री ओलीले यही साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्।   

साउन २, २०८१ बिहीबार १५:४९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।