उपचार गर्न अस्पताल पुगेका दृष्टिविहीन बिरामीको झ्यालबाट खसेर ज्यान गयो

उपचार गर्न अस्पताल पुगेका दृष्टिविहीन बिरामीको झ्यालबाट खसेर ज्यान गयो

काठमाडौं : पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गर्न गएका एक बिरामीको तेस्रो तलाको झ्यालबाट खसेर मृत्यु भएको छ। 

बिहीबार नवलपरासीका ७६ वर्षीय बलबहादुर खाम्चा मगरको मृत्यु भएको चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए।

उनी पिसाब थैलीमा क्यान्सर भएकोले अस्पतालमा उपचार गर्न पुगेका थिए। बिहान ११ बजेतिर अस्पतालको झ्यालबाट खसेर गम्भीर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।

डीएसपी रिजालका अनुसार दृष्टिविहीन मगर बाटो खोजेर बाहिर निस्किने क्रममा झ्यालबाट खस्न गएको बताइएको छ। 

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। 

साउन २, २०८१ बिहीबार १५:१५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।